काठमाडौ । फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन्। फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको बताएका छन । फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग फुर्वाले गरेका छन्।

गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रर्दशनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन्। उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन्।

तर मिरुना बिरुद्ध प्रर्दशन भएको थियो । जेठ १७ गते चलचित्र कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!