हिपमत डटकम

बुधबार, साउन ११, २०७९ || 815  पटक पढिएको

नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ १८ करोड २९ लाख रुपैयाँको भेटेनरी भ्याक्सिन निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको भ्याक्सिन निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ४६ हजार ९९८ किलोग्राम भ्याक्सिन निर्यात भएको विभागको तथ्याङ्कमा छ । गत वर्ष विश्वका ११ वटा देशहरूमा भेटेनरी भ्याक्सिन निर्यात भएको छ । जसमध्ये अफगानिस्तान, अल्जेरिया, अफ्रिका, कंगो, इथियोपिया, गिनिया, केन्या, लाइबेरिया, नाइजर र तान्जानियामा निर्यात भएको छ ।

अफगानिस्तानमा ८९ लाख रुपैयाँको भ्याक्सिन निर्यात हुँदा अल्ेजरियामा ६ करोड ४६ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, अफ्रिकामा ८९ लाख, कंगोमा १८ लाख, गिनियामा २ करोड ४३ लाख, केन्यामा २१ लाख र नाइजरमा ५ करोड ३१ लाख रुपैयाँको भ्याक्सिन निर्यात भएको हो ।

गोल्छा समूहले भारतीय लगानीकर्तासँगको सहकार्यमा काभ्रेपलाञ्चोकमा भेटेनरी भ्याक्सिन उत्पादन गर्ने प्लान्ट सञ्चालन गरिरहेको छ । यही प्लान्टमार्फत विश्वभर भ्याक्सिन निर्यात हुने गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!