हिपमत डटकम

शुक्रबार, मंसिर ०६, २०८२ || 285  पटक पढिएको

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रक्रिया विपरीत बनेको वर्तमान सरकारले लोकतन्त्र कमजोर पारेको आरोप लगाउँदै प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा बोल्दै उनले जेनजी समूहको नाममा उत्पात मच्चिनु सरकारकै विफलता भएको टिप्पणी गरे। ओलीले भने, “अस्ति एमालेमाथि, हिजो प्रहरीमाथि ढुंगा हानियो। नेपाली जनतालाई तर्साउने भाषण प्रधानमन्त्रीले किन गरे?”

उनले असंवैधानिक रूपमा बनेको सरकारले जेनजीका माग पूरा गर्न नसक्ने दाबी गर्दै लोकतन्त्र र संविधानका आधारभूत मूल्यहरू जोगाउन सबै जिम्मेवार हुनुपर्ने बताए। देश शान्तिको साटो अराजकतामा धकेलिन थालेको आरोप पनि उनले लगाए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!