हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 10131  पटक पढिएको

काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । हिजो र अस्ति उच्च अङ्कले बढेको नेप्से आज मङ्गलवार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा पुगेको हो । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ ।

सोमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज दुई सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कारोबारमा रहेका एक सय ६५ कम्पनीको मूल्य घट्यो भने १५ बटाको बढेको छ । सबै उपसमूह घटेका छन् । बैंकिङ २५, विकास बैंक एक सय १४, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत् ४८, जीवन बीमा एक सय ३३, उत्पादन ९४, लघुवित्त एक सय १०, निर्जीवन बीमा एक सय ३, अन्य ५७ र ब्यापार ५० अंक घटेका छन ।

गणपति लघुवित्त कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । मल्टिपर्पोज फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!