काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताएका छन । आज राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरेका हुन ।
गृहमन्त्री खाँणले नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताए । उनले कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताए ।
यसअघि छलफलमा भाग लिदै राष्ट्रिय सभा सदस्यले वैवाहिक अंगिकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने माग गरे । सत्तारुढ सांसदले भने नागरिकता सम्बन्धी विधेयक पूर्ण रुपमा संविधानको अक्षर र भावना अनुरुप आएको दाबी गरे ।
विधयेकका कतिपय प्रावधानहरु सच्याउनुपर्ने समेत सांसदहरुको भनाइ छ । वैवाहिक अंगिकृत नागरिकताका लागि प्रक्रिया पूरा गर्नुपर्ने भनि संविधानले भने अनुरुप कानून बनाउनुपर्ने सुझाव समेत उनीहरुले दिएका छन ।