काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्षमा ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।
मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको निगमले इतिहासकै सबैभन्दा बढी घाटा व्यहोरेको हो ।
युक्रेन युद्धका कारण तेलको भाउ उच्च भएपछि सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको हो ।
निगमले आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको तथ्यांक छ ।
अघिल्लो वर्षसम्म आफ्नो सञ्चित कोषमा २६ अर्ब रकम खर्च गरेर पनि निगम अहिले ३५ अर्ब ऋणमा रहेको छ ।
निगमले १० अर्ब रुपैयाँ ऋण लिएर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्दा पनि अझै ३५ अर्ब उधारो र्तिन बाँकी रहेको छ ।