भक्तपुर। भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ । सल्लाको रुख ढलेर किच्दा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको हो ।
घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।