हिपमत डटकम

शुक्रबार, साउन ०६, २०७९ || 15611  पटक पढिएको

काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

भेटमा मन्त्री श्रेष्ठले राजदुत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताए ।

मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउन राजदुत श्रीवास्तवसँग प्रस्ताव गरे । नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिकजामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

राजदुत श्रीवास्तवले नयाँ हवाई प्रवेश बिन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाए । भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थललाई जोड्ने रामायण सर्किटसम्बन्धी पूर्वाधार निर्माण अघि बढाउनेबारे पनि भेटमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!