हिपमत डटकम

मंगलबार, साउन ०३, २०७९ || 6193  पटक पढिएको

काठमाडौ। काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ ।

स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो ।

स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् ।

खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ ।

माटो र हिलोले आसपासका घरमा क्षति पुर्‍याएको छ । प्रहरी र स्थानीयले थप अध्ययनका लागि खानी विभागका मानिसलाई खबर गरेका छन् ।

यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्कने घटना हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!