काठमाडौँ, भदौ ३० — निजामती कर्मचारी अस्पतालले जेन जेड प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सम्बन्धी पछिल्लो विवरण सार्वजनिक गरेको छ।
अस्पतालका अनुसार हालसम्म ९ जना घाइतेको उपचार जारी छ भने ३६६ जना सामान्य उपचारपछि घर फर्किएका छन्। प्रदर्शनपछि कुल ४६१ जना घाइते अस्पताल ल्याइएको थियो।
तिनीहरूमध्ये ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना गरिएकामा ४२ जना डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।
गम्भीर अवस्थाका ५० जनाको शल्यक्रिया गरिएको थियो भने ११ जनाको पुनः शल्यक्रिया गरिएको छ। उपचारको क्रममा ६ जनाको ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ।