हिपमत डटकम

आइतबार, साउन ०१, २०७९ || 20769  पटक पढिएको

उदयपुर, २०७९ साउन ०१ गते । उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका-२ का २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!