हिपमत डटकम

आइतबार, साउन ०१, २०७९ || 996  पटक पढिएको

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग–अलग संकलन गर्ने भएको छ ।कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलकलाई दिन महानगरले आग्रह गरेको छ ।महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ ।

सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न पनि महानगरले अनुरोध गरेको छ ।नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्नका लागि पुनः चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न पनि महानगरले आग्रह गरेको छ ।

यस्तै, प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।फोहोर नछुट्याउनेलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना तिराइने चेतावनी पनि महानगरले दिएको छ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!