हिपमत डटकम

आइतबार, साउन ०१, २०७९ || 7847  पटक पढिएको

काठमाडौं। आजदेखि आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयनमा गएको छ ।

यससँगै सरकारले कर्मचारीको १५ प्रतिशतले वृद्धि गरेको तलब पनि कार्यान्वयनमा गएको छ । यससँगै साउन महिनाको तलब अघिल्लो तलबभन्दा १५ प्रतिशतले बढेर आउनेछ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।

जसअनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २ सय ११ पुगेको छ ।

सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६ सय ८९, नासुको ३४ हजार ७ सय ३० र खरिदारको ३२ हजार ९ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!