सुनवर्षी। मोरङको सुनवर्षी नरपालिका–९ डायनियाँमा गुणस्तरहिन सडक निर्माण हुँदै गरेको पाइएको छ । शिवेश्वर मार्ग भनिएको डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जाने सडकको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्राेशीत बनेका छन् ।
केहिदिन अगाडि साे सडकमा मापदण्ड अनुसार काम नभएको भन्दै सुनवर्षी नगरपालिकाकी उपमेयर मिरा देवी दासले अनुगमन समेत गरेकि थिईन । साेहि दिन प्राविधिक सहितको टाेलिले सडक अगुगम गर्दा काम गुणस्तरहिन भेटिएको थियो । निर्माण हुँदै गरेको सडकका विभिन्न स्थानमा खन्न लगाएर चेकजाँच गर्दा काम गुणस्तरहिन पाइएको थियोे ।
यो सडक निर्माण गर्न ईम्तियाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेडले ठेक्का लिएको हाे । केहिदिन अगाडि गुणस्तरीय हिन काम भएको भन्दै काम राेक्ने उपमेयर दास अहिले पुनः कमसल कामलाई के कसरी मान्यता दिईन ? यो स्थानियहरुले बुझ्न नसकेको र सबै सेटिंगमा काम भएको स्थानीयले उपमेयर माथि आरोप समेत लगाएका छन्।
ईन्जिनियर सम्भु सिहं गन्गाईका अनुसार निर्माण सडकमा अगाडिको भागमा कालाे पत्रेकाे माेटाई बढाएर काम सुरु गर्न लगाएकाे भन्दै पन्छिन समेत खाेजेका छन् ।
यस सडक निर्माणको बिषयमा उपमेयर मीरादेवी दाससंग बारम्बार सम्पर्क गर्न खोज्दा समेत उनको फोन उठेंन वा हामीसंग सम्पर्क गर्न खोज्नु भएन यस बिषयमा समेत उपमेयर दासले जवाफ दिनु पर्छ
सडक निर्माणकार्य गर्नु पहिले नै कन्ट्रक्सनले सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि निर्माण कार्य सम्मपन्न भई सक्दा समेत सुचना पाटि राखिएको छैन । साहेना कन्ट्रक्सन का प्रमुख ईम्तियाज आलमले भने अब केही दिनमा सुचना पाटि राख्ने। स्थानिय भन्छन् आलमले लज्जास्पद कुरा गरेको छ यस्तो नि हुन्छ र ? यो सडक २५ लाखकाे लागतमा २ सय ५५ मिटर लम्बाईकाे रहेको आलमले बताए ।