विराटनगर। प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले गर्न लागेको स्रष्टा सम्मान कार्यक्रममा ‘मैथिली’ भाषी स्रष्टा तथा सर्जककाे अवहेलना भएको देखिएको छ।

मन्त्रालयले भोली असार २८ गते (मंग्लवार) गर्न लागेको उक्त स्रष्टा सम्मान कार्यक्रममा ‘नेपाली’ भाषी कलाकार तथा साहित्यकारलाई मात्र समेटिएको भन्दै विभिन्न संघ संस्थाले विरोध जनाएका छन् ।

प्रदेश सरकारले सबैलाई एकै तवरले हेर्नुपर्ने भएपनि सरकारले त्यसो नगरेको मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरीले बताए । उनले प्रदेशमै दोश्रो ठूलो भाषाको रुपमा स्थापित मैथिली भाषी कलाकार तथा साहित्यकारलाई यसरी किनारा लगाउनु दु:खद भएको जिकिर गरे । चौधरीले यो सम्मान कार्यक्रम स्वीकार गर्न नसक्ने भन्दै मन्त्रालयमा निवेदन समेत दिएको तर पर्यटन तथा संस्कृति मन्त्रालयले उक्त निवेदन समेत दर्ता नगरेको बताए । उनले प्रदेश सरकारले गरेको यो अन्यायपूर्ण र विभेदपुर्ण निर्णयले मैथिली साहित्यिक क्षेत्रमा दिनरात नभनी काम गर्दै आएकाहरुको हौसला गिरेको भन्दै यसमा प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालय जिम्मेवार हुनुपर्ने र मैथिली भाषीलाई पनि समेट्नु पर्नेमा जोड दिए ।

कानुनी रुपमा मन्त्रालयले तुरुन्त त्यो निवेदन दर्ता गर्नु पर्ने हुन्छ तर मन्त्रालयले निवेदन दर्ता नगरेको मैथिली तथा नेपाली गायक विरेन्द्र कुमार झाले बताए । झाले प्रदेश सरकारले यसरी कुनै एक जात या समुदायलाई मात्र प्राथमिकतामा राख्नु दुर्भाग्यपूर्ण भएको जिकिर गरे । प्रदेश सरकारले स्रष्टा सम्मानको नाममा आयोजना गरेको यो कार्यक्रम भोट बैंक बचाउने बाहेक केही नभएको भन्दै गुनासो पोखे ।

यता सम्मान कार्यक्रम सम्मानजनक नभएको भन्दै विभिन्न भाषाका फिल्म निर्देशन गरेका सन्तोष सरकारले बताए । उनले प्रदेश सरकारको यो कदम कुनै हालतमा स्वीकार नगर्ने बताए । उनले प्रदेश १ भरि ५ लाख बढी मैथिली भाषी भएर पनि सम्मानित हुनेको सुचीमा नपर्नु न्यायोचित नभएको बताए ।

प्रदेश सरकारले आयोजना गरेको यो सम्मान कार्यक्रममा सबै भाषाभाषीलाई एकै नजरले हेर्नुपर्ने मैथिली अभियन्ताहरु बताउँछन् । उनीहरुले पुरस्कार छनौट समिति समेत एक भाषी भएकोमा दुख व्यक्त गरे ।

कला,साहित्य क्षेत्रमा काम गर्दै आएका सबै जात र समुदायलाई प्रदेश सरकारले समेट्न किन नसकेको भन्दै चर्को आवाज उठ्न थालेको छ ।

कार्यक्रम न्यायोचित नभएको भन्दै निवेदन दर्ता गराउन पुगेका समुहलाई प्रदेश एक सरकारका पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले अगामी दिनमा यो विषयलाई सम्बोधन गर्ने आश्वासन दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!