बिराटनगर। माेरङकाे सुनवर्षि नगरपालिका वडा नम्बर ५ स्थित टकुवाका दुई शारिरीक अपाङ्गता (फरक क्षमता) भएका बालकहरुलाई ह्विलचिएर बितरण गरिएको छ ।
शारिरीक रुपमा अशक्त दुइ बालकलाई बिद्यालयसम्म पुग्न र घरबाट बाहिर निस्कदा समेत समस्यामा परेकाे खबर प्राप्त गर्न साथ तत्काल सुनवर्षि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरको पहलमा सुनवर्षि ५ निवासी प्रशुराम पासवानका १० बर्षका छोरा रोहित पासवान र शम्भु मंडल का १२ बर्षका छोरा अरविन्द मंण्डलको घरमै गएर दुवै बालकहरुलाई ह्वलचियर बितरण गरिएको सुनवर्षि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरले हिपमत डटकम लाई जानकारी दिए ।
रंगेली नगरपालिका ७ घर भएका मनाेज साेनीको आर्थिक सहयोगमा उक्त सामाग्री प्रदान गरिएको हो । हामीले जति सक्छौ निरन्तर रुपमा हामि नागरिकहरुको सेवा गर्छौ मनोज सोनीले हिपमत डटकमलाई बताए। आगामी दिनमा पनि निरन्तर समाजको लागि यसरि नै सहयोगहरु गर्दै जाने छु सोनीले थपे। ईञ्जिनियर कमलेश्वर ठाकुरले मनोज सोनीलाई यो पुनित कार्यकोलागि धन्यवाद दिदै आगामी दिनमा समेत वडाका असक्त एवम बेसहारा ,गरिब नागरिकहरुलाई सहयोग गर्ने बताए।