हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 916  पटक पढिएको

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेढ महिनामा बिजुली भारतमा निर्यात गरेर दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

प्राधिकरणले गत वर्ष लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार शुरु गरेको थियो ।

जेठ १९ देखि दैनिक तीन सय ६४ मेगावाट बराबरको बिजुली भारत निर्यात भैरहेको छ । अहिले कहिले दुई सय र कहिले तीन सय मेगावाट विद्युत निर्यात भैरहेको छ ।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणले भारतमा बिजुली बिक्रीको बाटो खुलेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट छवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३ सय ६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज ‘आइएक्स’ मार्केटमा प्रतिस्पर्धी दरमा भारतीय बजारमा बिजुली बिक्री गरेको हो ।

यो बिक्रीको क्रम कात्तिकसम्म हुने प्राधिकरणको अनुमान छ । हिउँदमा भने भारतबाट आयात गर्नुपर्ने हुनसक्ने प्राधिकरणको अनुमान छ ।

प्राधिकरणले चालु आवमा करिब पाँच अर्ब र आगामी वर्षमा करिब २० अर्बको विद्युत् निर्यातको प्रक्षेपण गरेको छ ।

पछिल्लो समय नेपालको बिजुलीको जडित क्षमता २१ सय ८५ मेगावाट पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!