काठमाडौं । टेलिश्रृंखला परदेशी हजुरको दोस्रो भाग सार्वजनिक भएको छ । पहिलो भागलाई दर्शकले निकै रुचाएका बेला निर्माण यूनिटले दोस्रो भाग पनि सार्वजनिक गरेको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यतालाई नजिकबाट केलाइएको टेलिशृंखलामा चर्चित कलाकार शुभेच्छा थापा पनि यो साताबाट शृखलामा देखिएकी छिन् ।

राजु गिरीको निर्देशनमा तयार भएको टेलिश्रृंखला शेभेच्छाका अलावा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

५२ भागसम्म प्रसारण्मा आउने टेलिश्रृंखलाका निर्माता हुन् गायक सुभाष पुरी । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ ।

टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट साढे ८ बजे र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द सृजना राजु बस्नेतको छन् । सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!