हिपमत डटकम

आइतबार, आषाढ १९, २०७९ || 1225  पटक पढिएको

काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा र खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा कायम गरेको हो ।

यसअघि बिहीबार १ डलरको बिक्रीदर १ सय २६ रुपैयाँ ६५ पैसा र खरिददर १ सय २६ रुपैयाँ पाँच पैसा कायम भएको थियो ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा त्यसको असर नेपाली रुपैयामा पनि परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

रेमिट्यान्स भित्रिँदा फाइदा हुने भएपनि आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई घाटा हुने गरेको छ ।

पछिल्ला दिनमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!