शनिबार, फाल्गुण १७, २०७६ || 1779  पटक पढिएको

तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारामा रहेको सिद्धगणेश माध्यमिक विद्यार्थीमाकिशोरीहरुलाई महिनावारी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा
किशोरी अबस्थामा हुने परिवर्तनहरु,गर्भधारण महिनावारी हुँदाको चक्र,महिनावारीको अबस्था,सरसफाइमा ध्यान दिनु पर्ने कुरा, महिनावारीको अन्धबिश्वास बारे ज्ञान, सेनेटरी प्याडको प्रयोग गर्ने तरिका , प्याड बनाउने तरिका लगायतको बिषयमा छलफल गरिएको थियो ।
बिधालयको ३७ जना छात्राहरुको सहभागीता रहेकोे कार्यक्रमको सहजीकरण रुबिना वाग्ले र जोगमाया लिम्बुले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम सहभागी सबै छात्राहरुलाई सेनेटरी प्याड निशुल्क प्रदान गरिएको थियो ।
कार्यक्रमको आर्थिक सहयोग छथर गाउँ
पालिका ४ फाक्चामारा हाल हङकङमा रहनु भएका शिव इमेहाङले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!