असार १६ , बिहीबार। जिल्ला प्रशासन कर्याल माेरङले रंगेली ,सुनवर्षि, धनपालथान र रतुवामाई नगरपालिका लाई लक्षित गरेर बाडि प्रकाेपमा फसेकाहरुका लागि उद्घार गर्ने सहज हाेस भनेर सबै पालिकाकाे बिच केन्द्र बनाएर ईलाका प्रहरी कार्यलय रंगेलीलाई र्याफ्टिङ डुङ्गा दिएकाे छ ।
बाडि प्रकाेपबाट सर्वसाधारणहरुलाई बाडि आएकाे समयमा सुरक्षित राख्नुका साथै डुबान, कटान जस्ता विपदको समयमा उद्धार कार्यका लागी प्रहरीलाई सहज हाेस भन्दै र्याफ्टिङ डुङ्गा दिएको हाे ।
साेहि क्रममा पुर्व तयारी स्वरुप इलाका प्रहरी कार्यालय रंगेली र सशस्त्र प्रहरी बल BOP का प्रहरी निरिक्षक कमल बहादुर अधिकारीकाे टोलीले पोखरीमा अभ्यास गर्नुका साथै प्रहरी संग भएका अन्य उद्दार सामग्री सहित संयुक्त अभ्यास गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शाैलेश न्याैपानेले बताए ।