हिपमत डटकम

बुधबार, आषाढ १५, २०७९ || 7052  पटक पढिएको

बिराटनगर ।उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । एक साताअघि डलरको बिक्री दर १ सय २५ रुपैयाँ ६६ पैसा थियो । रुस युक्रेन युद्धका कारण महँगो भइरहेको डलरको भाउका कारण पछिल्लो तीन महिनायता डलरको मूल्य बढने क्रममा छ । केही समयदेखि अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ ।

पछिल्ला चार वर्षमा अमेरिकी डलर भाउ करिब २४ रुपैयाँ बढेको छरु। विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको हो । वैशाख २७ देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थालेको होरु।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!