लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९÷०८० का लागि ७४ करोड ३१ लाख बढीको बजेट सार्वजनिक गरेको छ । आज भएको दोश्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । जसमध्ये आयतर्फ आन्तरिक राजस्वाट १३ करोड १४ लाख ४५ हजार अनुमान गरिएको छ भने संघीय राजस्व बाँडफाँडबाट १० करोड ७९ लाख ९५ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्तहुने सवारी साधन कर ६४ लाख १३ हजार ४ सय ८० र गतवर्षको नगद मौज्दात ९ करोड रहेको उल्लेख गरिएको छ ।

यसैगरि वित्तीय समानीकरण अनुदानबाट १३ करोड २३ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ३६ लाख, संघीय समपूरक अनुदानबाट ६० लाख, विशेष अनुदान १ करोड २० लाख, प्रदेश वित्तीय समानीकरण अनुदान ७२ लाख ११ हजार, प्रदेश सशर्त अनुदान ९ लाख १८ हजार, प्रदेश समपूरक अनुदान १ करोड, सशर्त अनुदान जिससबाट प्राप्त हुने ५२ लाख ५७ हजार, सडकबोर्डबाट प्राप्त हुने रकम ५० लाखर जनसहभागतिाबाट १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिउको छ ।

नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा समृद्ध लेटाङ, सुखी नगरवासीलाई नगरको दीर्घकालिन सोचको रुपमा उल्लेख गरिएको छ भने त्यस दीर्घकालिन सोचलाई पुरा गर्न लेटाङ नगर विकासको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने ध्येय लिइएको छ । प्रस्तुत बजेट नीति तथा कार्यक्रम नगरसभामा सर्वसहमतिमा पारित भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!