काठमाडौं। धितोपत्र बोर्डले शेयर बजार लगानीकर्ताका माग पूरा गर्ने लिखित सम्झौता गरेपछि तिलक कोइरालाले आमरण अनसन अन्त्य गरेका छन् ।

असार एक गतेदेखि अनसन बसेका कोइरालाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।

पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिको माग कार्यान्वयन गर्ने विषयमा १९ बुँदे सहमति भएको हो ।

बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै कमिसन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने भएको छ । धितोपत्र दलाल व्यवसायीका लागि थप १६ स्थानमा स्वीकृति दिन बोर्ड तयार भएको छ ।

गैर आवसीय नेपालीहरुलाई पूँजी बजारमा लगानीको वातावरण निर्माण गरिने भएको छ । नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमासरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने सहमति पनि भएको छ ।

दीर्घकालीन लगानीकर्ताका लागि तीन प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने विषयमा पनि परिमार्जन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!