हिपमत डटकम

मंगलबार, आषाढ ०७, २०७९ || 8566  पटक पढिएको

विराटनगर ।मधेश आन्दोलनका प्रणेता साहित्यिक र बौद्धिक ब्यक्तित्व रघुनाथ ठाकुरको ४१ औं स्मृति दिवस मनाइएको छ ।

मैथिली मासिक पत्रिका मिथिला टाईम्सको आयोजनामा विराटनगरमा ठाकुरको स्मृति दिवस मनाइएको हो । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा सहभागि मधेशी अभियन्ताहरुले स्वर्गिय ठाकुरको ब्यक्तीत्व र कृतिहरुका बिषयमा चर्चापरिचर्चा गरेका थिए ।

सो अवसरमा ठाकुरको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रममा बोल्नुहुँदै पत्रकार सुर्यनारायण यादव,डाक्टर नारायण कुमार,जसपाका नेता मृत्यूञ्जय झा,संजय सिंह र राजकुमार यादव लगायतले मधेश र मधेशीको अधिकार निम्ति स्वर्गिय ठाकुरको योगदान अतुलनिय रहेको बताउनुभयो ।

आयोजक मिथिला टाईम्सका संपादक तथा अभियन्ता रामरिजन यादवले मधेश आन्दोलनको परिकल्पनागर्ने ठाकुर पहिलो ब्यक्ती रहेको बताउनुभयो । मधेश र मधेशीहरुको अधिकारका निम्ति ठाकुरले विक्रमसम्बत २०१५ सालदेखी २०३८ सालसम्म विभिन्न ५ वटा पुस्तक समेत लेख्नुभएको उहाँले जानकारी दिनुभयो ।

ठाकुरले ‘परतन्त्र मधेश और उसकी संस्कृति‘ ‘भूमि सुधार कानुन और नागरीकता’ ‘मधेश आन्दोलन और ब्याख्या’ ‘नेपाल और उसकी सभ्यता’ तथा ‘राजद्रोह बनाम बस्तुस्थिति पर पर्दा’ शिर्षकका पुस्तक लेख्नु भएको जनाइएको छ ।

अधिकारकालागि आवाज उठाएकै कारण स्वर्गिय ठाकुरले कर्यौ बर्षसम्म भारतमा निर्वासन बस्नुपरेको सो अवसरमा बताइएको थियो । साबिकको सुनसरीको हरीनगरा गाविसमा विक्रम सम्बत १९९१ सालमा ठाकुरको जन्म भएको थियो भने २०३८ साल असार ७ गते फारबिसगंजमा उहाँको निधन भएको थियो ।

मधेश र मधेशीको हकअधिकारका बिषयमा आवाज उठाएकै कारण तत्कालिन शासकहरुको षडयन्त्र अनुसार उहाँलाई बिष ख्वाएर हत्या गरिएको कार्यक्रममा बताइएको थियो ।

पुर्वमन्त्री सरिता गिरी,जसपा मोरंगका अध्यक्ष राजकुमार यादव ,स्वर्गिय ठाकुरका भाई विद्यानन्द ठाकुर र बुहारी सुधा ठाकुर ल्सामाजिक ब्य्कतित्व अभा अनुपमा ,साहित्यकार शिवनारायण पण्डित सिंगल ,जसपा युवा नेता राकेश रोशन यादव,अरविन्द मेहता लगायत मधेशका विभिन्न क्षेत्रका अगुवा एवम बिधार्थीहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!