हिपमत डटकम

मंगलबार, आषाढ ०७, २०७९ || 3399  पटक पढिएको

सर्लाहीमा एक युवकको हत्या भएको अवस्थामा शव भेटिएको । सर्लाहीको कविलासी नगरपालिकामा वडा नम्बर ८ मा स्थानीय अन्दाजी २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उनले प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशबाट कुकुरसहितको विशेष टोलीबाट अनुसन्धान भइरहको समेत बताए । थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!