हिपमत डटकम

मंगलबार, आषाढ ०७, २०७९ || 2154  पटक पढिएको

चर्चित टेलिभिजन अभिनेत्री रश्मिरेखा ओझाले आत्महत्या गरेकी छन् । भुवनेश्वरको नयाँपाली क्षेत्रमा २३ वर्षीया नायिकाको भाडाको घरमा झुण्डिएको अवस्थामा शव फेला परेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

यद्यपी प्रहरीले आत्महत्या गर्नुको ठोस कारण भने खुलाउन सकेको छैन् । प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार प्रहरीले रश्मिरेखाको सुसाइड नोट पनि फेला पारेको छ । उता रश्मिरेखाका बुवाले आफ्नी छोरीको मृत्युको जिम्मेवार सन्तोष पात्र रहेको बताएका छन् । रश्मिरेखा सन्तोषको लिभ इन पार्टनर थिइन् ।

रिपोर्टहरूका अनुसार, २३ वर्षीया अभिनेत्रीको १८ जुनको रातमा मृत्यु भएको थियो। उनँको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । अहिले आत्महत्याको घटना भएको देखिन्छ । उनले सुसाइड नोटमा आफ्नो मृत्युको लागि कसैलाई दोष दिएकी छैनन् । घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।

रश्मिरेखाका बुवाले भने छोरीको मृत्यु पाटनर सन्तोष कै कारण भएको दाबी गरेका छन् । उनले छोरीलाई शनिबार राति उनलाई धेरै फोन गरेको तर उनले कसैलाई पनि केही नभनेको बताएका छन् । रश्मीका घरधनीले दुवै जना श्रीमान श्रीमतीको रूपमा बस्ने गरेको बताएका छन् । रश्मिरेखा ओडिशा टिभी उद्योगको एक चर्चित नाम थियो। उनी टिभी सिरियल केमिती कहिबी कहामा उनको भूमिकाका लागि परिचित छन्।

ओडिशा टिभीको रिपोर्ट अनुसार रश्मिरेखा ओडिशाको जगतसिंहपुर जिल्लाको तिर्तोल क्षेत्रकी हुन्। उनी डेढ महिनादेखि प्रेमी सन्तोष पात्रसँग भाडाको घरमा बस्दै आएकी थिइन् । यद्यपि उनी पछिल्ला केही दिनदेखि रश्मिसँग अलग बस्न थालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!