नेपाली लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ । मौलिक स्वादमा तयार भएको उक्त गीत “सुनमाया” बोलको रहेको छ । पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर मार्मिक रुपमा तयार पारिएको गीतमा परदेशी युवाको जिवन भोगाईलाई समेटिएको छ ।

गीतमा हेमन्त कान्छा रसाइली र गीता देवी र हिमाल सागर हिङमाङको सुमधुर स्वर सुन्न सकिन्छ । आमा रातो चुरा पछी को आफनै भागाई समेटिएको मनन गर्ने किसिमको गीतमा आवाज भर्न पाएको गायिका गीता देवीले बताइन । आफना अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो मन मस्तिष्कमा राखिदिनुहुने छ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ । ”सुन माया ” गीतमा हिमाल सागर हिङमाङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । लाखौ परदेशीको भोगाईलाई फरक रुपमा गीतमा प्रस्तुत गरिएको हिमाल हिङमाङले बताए । रेशम दलार्मीको छायाँकन , हिमाल सागर हिङमाङको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”सुन माया ” गीतको भिडियोमा विपी फुयाल र रेखा राईको अभिनय रहेको छ ।

”सुन माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!