मोरङको लेटाङ नगरपालिका-५ का ७४ बर्षीय मनि प्रसाद राईको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका राईलाई घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले राईलाई घरमै मृत अवस्थामा पेला पारेको थियो । मृतकको कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ