हिपमत डटकम

आइतबार, आषाढ ०५, २०७९ || 855  पटक पढिएको

साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।

आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशले बढ्यो ।

सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!