बिराटनगर । गायक पवन गिरीको स्वर, शब्द र संगीतमा रहेको ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा बिष्णु खरेल र शाक्षी लम्साल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गिरीको आधिकारिक च्यानल ‘पवन गिरी अफिसिएल’ मार्फत सार्वजनिक भएको हो।

यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!