रंजित चौरसिया

शनिबार, आषाढ ०४, २०७९ || 4322  पटक पढिएको

बारा । जिल्ला प्रशासन कार्यालय बारा मातहात पर्ने अनुसन्धान कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष ढुङ्गानाको नाममा जिल्लाको सीमा नाका लगायत पर्सा जिल्लामा समेत आर्थिक तान्डव मचाइएको खबर हिपमत डटकमलाई प्राप्त भएको छ । प्राप्त खबर अनुसार अनुसन्धान कार्यालयका प्रमुख ढुङ्गानाले खटाइएको सादा पोशाकको टोलिले बाराको सीमा नाकामा मात्र नभइ पर्सा जिल्लाको सीमा नाकाहरूमा समेत पुग्ने गरेका हुन ।

बाराको सीमा नाकामा अनुसन्धानको कर्मचारी बनेर त पर्साको सीमा नाकामा ठग पत्रकार बनि घुम्ने गरेको रहस्य उजागर भएको छ । पर्साको छपकैया नाकामा पुगि तस्कर समुह सङ्ग मासिक २-२ हजारको दरले रकम बुझने गरेका छन भने बाराको सीमा नाकाबाट मासिक ५ देखि १० हजारसम्म बुझने गरेको तस्कर श्रोतले नै जनाएको छ । श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयको मातहातमा पर्ने अनुसन्धान कार्यालयका प्रमुख संतोष ढुङ्गानाले सादा पोशाकमा प्रहरी सहायक निरीक्षक जितेन्द्र यादवलाइ परिचालन गरेका छन ।

बाराको मटिअर्वा, छतवा, मुसहर्वा, बलिरामपुर, आमवा, कवहिगोठ लगायतको ठाउहरूमा पुगि स-साना ब्यपारिदेखि नामूद तस्करहरूलाइ डराइ धमकाइ रकम असुल गर्ने गरेको बताइन्छ । एक जना ठग पत्रकारलाइ समेत आफु सङ्ग राख्ने गरेको र सोहि ठग पत्रकार सङ्ग समन्वय गरि नक्कलि आइडि कार्ड बनाइ पर्सा जिल्लामा समेत परिचालन हुने गरेको बताइन्छ । पर्सा जिल्लामा पत्रकार बनि त बारा जिल्लामा अनुसन्धानको घुमुवा भनेर रकम असुल गर्ने गरेको खुलेको छ ।

यस बिषयमा अनुसन्धानका प्रमुख प्रहरी उपरीक्षक सन्तोष ढुङ्गाना सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले आफ्नै संगठनको निति निर्देशन विपरीत घुमुवा परिचालन गर्ने प्रहरी उपरीक्षक माथि संगठनका प्रमुखले समेत ध्यान पुर्याउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!