हिपमत डटकम

शुक्रबार, आषाढ ०३, २०७९ || 2754  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् ।

विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । कोइरालाले महानगरपालिकाको कार्यालयमै बोलाएर निर्माण व्यवसायी र हुलाकी सडक निर्माण कार्यालयका प्रमुखलाई तत्काल कालोपत्रे गर्न निर्देशन दिएका हुन् ।

“निर्माण ढिलाइ हुँदा जनतालाई धेरै नै दुःख भयो,” मेयर कोइरालाले भने, “मलाई अरु थाहा छैन तपाईंहरुले चाँदनीचोक छेउको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक तत्कालै निर्माण गर्नुहोस् ।” उनले निर्माणमा विलम्ब भए आफू कारबाही प्रक्रियामा जाने चेतावनीसमेत दिए । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत गणेशचोकदेखि केशलिया खोलासम्मको सडक निर्माणले गति नलिँदा आवतजावतमा समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!