हिपमत डटकम

शुक्रबार, आषाढ ०३, २०७९ || 1390  पटक पढिएको

चरमपन्थी संगठन लश्कर–ए–तैयबाका नेता अब्दुल रहमान मक्कीलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘विश्व आतंककारी’ घोषणा गर्ने अमेरिका र भारतको प्रस्तावलाई चीनले झट्का दिएको छ ।

 

भारत–अमेरिकाको यो संयुक्त प्रस्तावलाई चीनले रोकेको हो ।

जुन १ मा भारत र अमेरिकाले संयुक्त रुपमा मक्कीको नाम साझा गरेका थिए ।

मक्की लश्कर–एतैयबाका संस्थापक हाफिज सईदका निकट नातेदार हुन् । मक्कीलाई दुवै देशको घरेलु कानुनअनुसार अतिवादी घोषित गरिएको छ । यसबाहेक अमेरिकाले उनीमाथि २० लाख भारुको इनामसमेत घोषणा गरेको छ ।

https://twitter.com/PTI_News/status/1537662532709924864?s=20&t=DCvDcRqn4eUWi0U6aQjSJQ

जुन १६ मा चीनले यस प्रस्तावमाथि प्राविधिक प्रतिबन्ध लगाएको थियो ।

भारत र अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को १२६७ आईएसआईएल र अलकायदा प्रतिबन्ध समिति अन्तर्गत मक्कीलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न संयुक्त प्रस्ताव पेश गरेको थियो तर चीनले उक्त प्रस्तावलाई रोकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!