नेपालमै पहिलो पटक कान्तिपूर टेलिभिजनबाट प्रसारण हुने ठुलो रियालिटि सो कमेडि च्याम्पियनमा दले दाइको भुमिकाले बिश्वभर चिनिएका इटहरी निवासी सुमन कोइराला शुक्रबार आफ्नो गृहजिल्ला आइपुगेका छन । रियालिटि सो अन्तरगत कमेडि च्याम्पियनमा अत्याधिक भोट दिएर जिताउन अपिल गर्दै शुक्रबार एकै दिन एक दर्जन भन्दा बढी स्टेज कार्यक्रमहरूमा सहभागिता जनाएका कोइरालाले शुक्रबार नै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइसंग भेट गर्ने अवसर पाएका छन । हेर्नूस भिडियो ।

इटहरीमा बिराट टेलिभिजनले औपचारीक सुरूवात गरेको कार्यक्रम समुदघाटन गर्न पुगेका मुख्यमन्त्री राइकै छेउमा उनि पनि बिशिस्ट अतिथि रहेका थिए । कार्यक्रममा उनले मुख्यमन्त्री राइकै अघाडी मलाइ २५ लाखको गाडी चढन ठुलो रहर छ, म एकदमै गरिब मान्छे, मेरो घरमा बिजुलीको तार पनि नाङगै छ जस्ता ब्यंग्यात्मक भनाइ राखिरहदा उपस्थित भिडले हासो र तालिको फोररा छुटेको थीयो ।

मुख्यमन्त्रीकै अघाडी पलेटी मारेर प्रस्तुति देखाइरहदा उपस्थित अतिथि मात्र नभइ मुख्यमन्त्रि राइ पनि हास्न बाध्य भएका थीए । उनले स्टेजमै दले दाइको पनि क्यारीकेचर गर्दै कमेडि च्याम्पियनमा आफुलाइ धेरै भन्दा धेरै भोट गरेर जिताउन सबैसंग आग्रह पनि गरे । कोइरालाले आफुले जित्नु भनेको सिंगो पूर्वेलीको जित भएको भन्दै सक्दो सहयोग गर्न अपिल गरेका छन ।

उनले गृहनगर इटहरी आएर शुक्रबार नै आफुलाइ अत्याधिक भोट दिएर कमेडि च्याम्पियनमा बिजयी गराउन पत्रकारहरूसंग पनि अपिल गरेका छन । इटहरी उपमहानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जननायक जेवि टुहुरे, कलाकार दिनेश कोइराला, सांस्कृतिक महासंघका पदाधिकारी, इटहरी पूर्वाञ्चल संगित बिद्यालयका राजु केशी, पूर्व राष्ट्रीय फुटबल खेलाडी सुरेन्द्र तामाङ लगायतको टोलिले हास्य बिधामा छुट्टै पहिचान बनाउन सफल बनेका कोइरालालाइ अत्याधिक भोट गरेर जिताउन अनुरोध गरेका थीए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!