थापाथली इन्जिनियरिङ क्याम्पसका एक विद्यार्थीको शव भेटिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी चौधरी गु्रपको निर्माणाधीन भवनको कम्पाउण्डमा आर्किटेक्चर इन्जिनियरिङ पढ्दै गरेका अभिशेष जैसवालको शव फेला परेको प्रहरीले जनाएको छ ।

जैसवाल गत आइतबारदेखि बेपत्ता भएका थिए । २२ वर्षीय जैसवालको शव भेटिएको स्थानमा प्रहरीले कुुकुर परिचालनसमेत गरेको छ ।
जैसवाल आफैले छतबाट हाम फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनको शरिरमा लडेको चोटमात्र देखिएको प्रहरीले जनाएको छ । अध्ययनमा अब्बल जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट बाहिरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!