
काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का दुई नेताले पार्टी छाडेका छन्। अध्यक्ष उपेन्द्र यादवले पार्टी छोडेकालाई फर्किन आह्वान गरेका बेला लुम्बिनी प्रदेशका दुई नेताले पार्टी त्याग गरेका हुन्।

लुम्बिनी प्रदेशका तराई/थरुहट राष्ट्रिय समिति अध्यक्ष सुमित्रा चौधरी र प्रदेश कार्यकारिणी सदस्य निरङ्कार यादवले पार्टीमा गुटगत राजनीति हावी भएको, नेतृत्व हैकमवादी र विधानको बेवास्ता भएको भन्दै राजीनामा दिएका छन्। उनीहरूले साधारण सदस्यको हैसियत पनि नराखी पार्टी छाडेका हुन्।
यस घटनाले जसपा भित्रको आन्तरिक असन्तुष्टिलाई थप उजागर गरेको छ।