धरान । नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ कार्यसमिति सुनसरीको कार्यवाहक सभापतिको जिम्मेवारी धरानका अजित लिम्बुले पाएका छन् ।
लिम्बुलाई निवर्तमान सभापति बालकुमार राईले केही दिन अघि कार्यवाहक सभापतिको जिम्मेवारी दिईएको हो । लिम्बुले कार्यवाहक सभापतिको जिम्मेवारी पाए लगत्तै नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ कार्यसमिति सुनसरीले पुर्णता पाएको छ । कार्यसमितिको बरिष्ठ उपसभापतिमा अनुल बास्तोला, उपसभापतिमा प्रविण पराजुली र महेन्द्र राउत रहेका छन् । सचिवमा बादल राई र प्रताव बस्नेतलाई चयन गरिएको छ भने सह–सचिवमा दुशन नेम्बाङ, अंकित खड्का र निहाहाङ राईलाई चयन गरिएकोछ ।
यस्तै, कोषाध्यक्षमा पुष्पा कट्वाललाई मनोनित गरिएको छ । यस्तै, सदस्यहरुमा मनिष कट्टेल, सौगात गुरुङ, हुकुम भूजेल, सौगात भूजेल, अतुल अग्रवाल, राहुल शाह, निरज राई, यूगल बस्नेत, रिया कट्वाल, रञ्जन राई, मनिका श्रेष्ठ र सागर पोख्रेललाई चयन गरिएको कावा सभापति लिम्बुले जानकारी दिए । उनले अब चाडै नेविसंघ क्षेत्र नं. १ सुनसरी (क) र (ख)को संयोजक तोक्ने पनि बताए ।
विद्यार्थीको हकहितको लागि सक्रिय भएर आफ्नो कार्यसमितिले विभिन्न कार्यहरु गर्ने, पार्टीको निर्देशन तथा समन्वयमा विभिन्न कार्यक्रमहरु गर्ने पनि कावा सभापति लिम्बुले प्रतिवद्धता जनाएका छन् ।