शुक्रबार, फाल्गुण १६, २०७६ || 1589  पटक पढिएको

 

असिमिति इच्छा, सिमित साधनस्रोत, उच्च जीवनशैलीको चाहना, बढदो शहरीकरण र आधुनिकीकरण आदलिे चाहेर होस वा नचाहेर वा बाध्यतावस मानिसलाई आत्मकेन्द्रीत बनाएको छ । समयको र बदलिदो समाज संगै अहिले मानिसका चाहना र आवश्यकता फेरिएका छन् । त्यसलाई पुरा गर्न मानिसले जस्तो सुकै कार्य गर्न पछाडी पर्दैन । आफ्ना निहित स्वार्थ परिपूर्तिका लागि अर्को मानिसलाई ढाटने, छल्ने र हदै सम्मको तल्तो स्थरमा झरेर निकृष्ट व्यवहार गर्न पनि पछाडी पर्दैनन् ।
जीव बैज्ञानिक चाल्स डार्विनले भने झै ‘मानिस बाच्नका लागि सधर्ष’ गरिरहेको छ । बढदो मागहरुलाई परिपूर्तिका लागि बाचुन्जेल सघर्षमा नै जिवन विताउनु पर्ने बाध्यता मानिस सामु छ । यस्ता तमाम बाध्यताले मानिसलाई समाजमा क्रमशः एक्लो बनाउदै छ । सामाजिक मूल्य, मान्यता, सद्भाव, माया र प्रेम बाट टाडिएर आफ्नो मात्र दुनो सोझयाउने कार्यमा तल्लिन छ ।
नेपाली समाज बहुतै सुन्दर र एकतामा बाधिएको समाज हो । सवै जात जाती भाषा भाषी धर्म सम्प्रदाय मिलेर बसेको समाज हो । एकले अर्काको दुःख पिडामा सहयोग गर्ने, एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने नेपालीको विशेषता हो । तर एकाएक नेपाली समाज यति स्वार्थी भयो कि परिवारका सदस्यका बीचको मेलमिलाप र प्रेमको बाताबरण स्खलित हुदै गयो । एकलकाटे हुदै गयो । अर्काको मतलव नै नगर्ने भयो ।
यसरी नै अगाडी बढदै गए नेपाली समाजले कस्तो दिशा लिन्छ । त्यो भोलीका दिनले बताउला तर नेपाली समाज तिख्रिएर गयो । हरेक घटना, मुद्धा, विषयबस्तु र क्रियाकलाप आफ्नो स्वार्थ संग मात्र दाजेर हेरिन थालियो । एकाग्रता, व्यक्तिवादी सोच र व्यवहारले गर्दा अरूको भावनाको सम्मान हुन छाड्यो । अहिले इमान्दार र असल मानिसलाई बाँच्न नै कठिन हुने अवस्था छ । आर्थिक कुराको परिपूर्तिको लागि मानिस मेसिन झै बन्दै छ । जानेर होस वा नजानेर मानिस स्वार्थी र संवेदनहिन बन्दै गएको छ ।
व्यक्ति जति प्रोफेसनल बन्दै जान्छ त्यति नै स्वार्थको डिग्री बढदै जादोरैछ । देखावटीपन, अरुको नक्कल गर्ने, अरुको जस्तो हुनु पर्ने, अरुको हरेक कुरा राम्रो लाग्ने आदी जस्ता प्रवृत्तिले गर्दा मानिसलाई अरुको वास्ता नै हुन छाडयो । पश्चिमाकरण र शहरीकरणको विशेष गुणहरु विभिन्न माध्यमबाट सिक्दै आफ्नु व्यवहारलाई अभ्यस्त बनाउदै स्वार्थमा लिप्त भै कार्य गर्दा आफना मौलिक गुणहरु हराएर गएका जान थाल्यो ।
कुनै मानिस सँग धन, सम्पत्ति, सुख, सुविधा भौतिक सम्पन्नता वैभवता, ऐश्वर्यता र विलासीतापूर्ण प्राप्त हुन्छ, तव उसले आफ्ना नातागोता, ईष्ट, मित्र, साथीभाइ, बन्धु, बान्धब, कुटुम्ब लगायत सारा शुभचिन्तकहरुलाई समेत विस्तारै विर्सन र चिन्न छाड्यो । अहिले मानिसको हेसियतलाई मात्र प्रधान ठानिन थालियो । अहिलेको पुस्तामा विस्तारै मानवता भन्ने कुरा हराउदै गएको छ । यति सम्म की आफ्नो कोही नजिकैको परिवारको सदस्य विपन्नतामा बाँचेको रहेछ वा उसलाई अपठ्यारो परेको रहेछ भने सर–सहयोग गर्ने त कुरै छाडौ उसका लागि मेरो मान्छे भन्न पनि इज्जत र प्रतिष्ठा गुमे जस्तो अनुभूत गर्ने परिपाटी विकास भएको छ ।
स्वार्थ शुन्य मानिस जगतमा पाउन मुस्किल छ । मानिस प्राकृतिक र स्वाभाविक रूपमा स्वार्थी नै प्राणी हो । सिमित स्वार्थ हुनु अन्यथा पनि होइन । तर अहिलेका बौद्धिक वा प्रोफेसनल व्यक्तिमा स्वार्थको सिमा नै छैन । आफ्नो स्वार्थ पुरा गर्ने नाममा अहिले मानिस अरूको कुभलो हुने कामतर्फ उद्धत हुन थालेको छ  । मानिस यति धेरै स्वार्थी हुदैछ कि आफ्नो स्वार्थलाई केन्द्रमा राखेर अरु व्यक्ति संग व्यवहार गर्दछ ।
मानिसको जीवनका दुई पाटा सुख र दुःख मध्ये सुखमा स्वार्थी बन्ने गरेको देखिन्छ । यस्ता स्वार्थीहरु आफू समानका सम्पन्नशाली र वैभवशाली लाई मात्र आफ्ना परिचयको कित्तामा पार्ने गर्दछन् । आर्थिक सम्पन्नताले अन्धो समान बनेको छ । धन र सम्पत्तिलाई निकै ठूलो भाग्यशाली उपहार ठान्ने र मान्नेका लागि वैभवताका अगाडि सारा दुनियाँ छायाँमा परेका छन् । सम्पतीको धमास दिदै सारा कुरा भूलेर हावामा उडी रहन्छ । यस्ता व्यक्तिहरु यथार्थमा होइन भ्रममा बाँचिरहेका छन ।
अहिलेको युग पैसा, सुख, सुविधा र भोगीको युग भयो । मानिसले जिवनको मूल्य मान्यता, संस्कार र संस्कृतिलाई विर्सिएर पैसाको खोजीको मात्र निरन्त्तर भौतारिरहेको छ । पैसा जोडने बहानामा थप अशान्ति र आक्रान्त बनिरहेको छ । समस्या र पिडामा डुबेको छ र सधै छट्पटिएको छ । अहिले धनीलाई मान्ने र पुज्ने जुन संस्कारको विकास भएको छ, त्यसले सामाजिक मर्यादालाई नस्ट पारिदिएको छ । जोसँग धन–पैसा छ, त्यहीसँग सबथोक हुन्छ भन्ने मानसिकताले डेरा जमाएको छ । चाहे सदाचारले वा भ्रष्ट्राचारले धन कमाएको होस् । धनी र सम्पन्न भयो भने समाजमा उसले नामको पछाडी बाबुको समेत उपाधि पाउने लालसा र स्वार्थमा आफनो दैनिकी संचालन गर्दछ । सबैले मान्ने, सबैले जान्ने, सबैले चिन्ने, सबैले चिनाउने, सबैले पुज्ने र सबैले बुझ्ने मनोविज्ञानका कारण जुनसुकै हर्कत गर्न पनि पछि पर्दैन । जसले गलत काम तर्फ व्यक्ति उन्मुख हुन जान्छ र जघन्य अपराधहरु हुन जान्छन् । समाजमा अशान्त्ति, भय, त्रास, अपमान जस्ता कुरा समेत बढेर जान्छन् ।
मानिसको व्यवहार हेर्दा लाग्छ कि मानिस भन्दा खराव अर्को प्राणी संसारमा छैन । छेपारो जस्ता छन् अहिलेका मानिस । आफ्नो निहित स्वार्थ पूर्तिका लागि जति पटक भए पनि रंग फेर्ने गर्दछन् । भागदौडको जिन्दगीको अन्तिम विन्दु सम्पती हो भनेर नै दौडिरहेका छन् । सम्पती जोडने बहानामा दुःखको सागरमा ढुवेको समेत हेक्का पाउदैनन् । स्वार्थले पाएको सुख भन्दा असल कामले पाएको शान्त्ति स्थायी हुन्छ भन्ने पनि विर्सिएका छन् ।
मानिसको जिवन छोटो र अमुल्य छ । दुई दिनको अस्थायी जीवनमा मानिसहरूले सौहार्दपूर्ण सम्वन्ध राख्न सकेको छैन । रिसराग, क्रोध र अशान्त्ती बढिरहेको छ । उपयोग, घात र अन्तर्घात सजिलै गर्छन । सामान्य मानवता समेत प्रस्तुत गर्न सकिरहेको छैन । अहिले एक प्रकारको दानवका रूपमा चित्रित भएको छ ।
‘सर्वे भवन्तु सुखीन सर्वे सन्तु निरामय’ भन्ने भावना अहिले हराउदै गएको छ । सबैको जीवन सुन्दर हुनु पर्छ । असल भै बाँच्न सिक्नु पर्छ । आफ्नो स्वार्थ संगै समाज र देशको स्वार्थलाई साथै लिएर अगाडि बढ्नु पर्दछ । आफ्नो भलाईको खातिर अरूलाई घात गर्नु जीवनको एक महान भूल र पाप समेत हो भन्ने बुझेर समग्र मानव प्राणीको भलाईका लागि आफ्नो कार्य गर्नु उपयुक्त हुन्छ ।
परिवार, समाज र देशका लागि इमान्दार र अनुसासित भै समग्र मानव कल्याणका लागि स्वार्थको प्रयोग गरे समाज र राष्ट्रको उन्नती हुन्छ । म भन्दा हामी भन्ने भावनाको विकास गरी कार्य गर्न सके सवैको हित हुन जान्छ । धन सम्पती केही हो तर सवै थोक हैन भन्ने कुरा बुझेर शान्त्तिको बाटो अंगिकार गरे स्वयको आत्माले आनन्दको महसुस गर्दछ । आनन्द प्राप्त भयो भने मानिस निरोगी बन्दछ मानिस निरोगी भयो भने राष्ट्र समृद्ध बन्दछ । नत्र मानिस अवका दिनमा केवल एक्लै जीवन विताउन बाध्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!