रामकुमार परियार

मंगलबार, कार्तिक १९, २०८२ || 2794  पटक पढिएको

पथरी । न्युरोड टिम (एनआरटि) मोरङको पथरीमा सञ्चालन भईरहेको अन्तराष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप – २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पथरीको जाँतेस्थित पथरी रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाईनल खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईव्रेकर मार्फत विजेता चयन गरिएको थियो । टाईव्रेकरमा झापा ११ का नवयुग श्रेष्ठ र पुजन श्रेष्ठ गोल गर्नबाट चुकेपछि ए डिभिजन क्लब एनआरटिले खेल आफ्नो पक्षमा पारेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित ८० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईव्रेकरमा धकेलिएको थियो । टाईव्रेकरमा एनआरटिका कप्तान सरोज घिसिङ , सनम लिम्बु , रोहन खड्गि र आकाश राईले गोल गरे भने असिमको गोल झापा ११ का गोलरक्षक सन्दिप लिम्बुले रोकेका थिए । झापाका लागि प्रदिप बुढाथोकी र पेमा तामाङले दुई गोल गरे ।

झापा ११ का दुई खेलाडीले गरेको प्रहारलाई विपक्षी गोलरक्षक प्रमिजय गच्छदारले सुन्दर बचाउ गर्दै आफ्नो टोलिको जित सुनिश्चित गरेका थिए । आजको खेलको म्यान अफ द म्याच बन्दै गच्छदारले नगद ५ हजार सहित ट्रफि समेत प्राप्त गरे ।

गोल्डकपको सेमिफाइनल समीकरण पुरा

मंगलबारको अन्तिम क्वाटरफाईनल खेलको समाप्ति संगै ‘अन्तराष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप – २०८२’ को सेमिफाइनल समीकरण पुरा भएको छ ।

भोलि (बुधबार) बाट शुरु हुने सेमिफाइनल चरणमा सिरहाको सलहेश युवा क्लब , पाँचथरको पाँचथर क्लब , काठमाडौंको न्युरोड टिम (एनआरटि) र आयोजक पथरी ११ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सलहेश युवा क्लब र पाँचथर क्लब भिड्नेछन् भने बिहीवार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ र एनआरटि भिड्नेछन् । फाईनल खेल भने कात्तिक २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!