हिपमत डटकम

मंगलबार, कार्तिक १९, २०८२ || 3407  पटक पढिएको

काठमाडौँ । शोभा पाठकले नेकपा (एमाले) का नेता महेश बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन्। मंगलबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले बस्नेतले विगत ११ वर्षदेखि आफूलाई यौन शोषण र दुर्व्यवहार गर्दै आएको आरोप लगाइन्।

पाठकले भनिन्, “मैले जाहेरी दिँदा पनि राजनीतिक पहुँचका कारण उल्टै मलाई बारम्बार पक्राउ गरी पीडित बनाइयो।”
उनले बस्नेतमाथि बलात्कार, भ्रूण हत्या र डाँका चोरी सम्बन्धी मुद्दामा उजुरी दिएको बताउँदै पनि अहिलेसम्म पक्राउ नपरेकोमा आक्रोश व्यक्त गरिन्।

पाठकले चेतावनी दिँदै भनिन्, “गृहमन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई तत्काल पक्राउ गरेनन् भने म अन्तिम कदम चाल्न बाध्य हुनेछु।”

उनले अहिलेका खेलकुद मन्त्री बब्लु गुप्ताले बस्नेतको योजनामा आफूलाई अपहरण गरी व्यवसायी दुर्गा प्रसाईविरुद्ध जबरजस्ती बोल्न बाध्य बनाएको आरोप पनि लगाइन्।

पत्रकार सम्मेलनमा उपस्थित सामाजिक अभियान्ता र अधिवक्ताहरूले पनि पाठकको मागलाई समर्थन जनाएका थिए।
सामाजिक अभियान्ता राधिका बरालले सरकारसँग बस्नेत र गुप्तालाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरिन्।

अधिवक्ता वाईपी अधिकारीले भने, “पीडितलाई बारम्बार हिरासतमा लिनु र अभियुक्तलाई छोड्नु अन्याय हो। यो ‘सानालाई ऐन, ठूलालाई चैन’ को दृष्टान्त हो।”
त्यस्तै, अधिवक्ता मनिषा गौतमले राजनीतिक आडमा हुने अत्याचार अब सहन नहुने बताउँदै न्यायका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!