हिपमत डटकम

आइतबार, जेठ २९, २०७९ || 915  पटक पढिएको

नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । नेपाल सुशासन पार्टीका अध्यक्ष खरेल काठमाडौं १ बाट चुनाव लड्ने पक्का भएको सो पार्टीले जनाएको छ ।

सुशासन पार्टीका महासचिव गोविन्द गिरीले अध्यक्ष खरेल काठमाडौं १ बाट चुनाव लड्ने निश्चित जस्तै रहेको बताए । ‘अध्यक्षज्यू नवलपरासीबाट फर्केपछि आजभोलि मै औपचारिक घोषणा हुन्छ,’ गिरीले लोकान्तरसँग भने । अन्य जिल्लामा पनि उम्मेदवारी दिने तयारी रहे पनि काठमाडौंमा घोषणा गर्न लागिएको उनको भनाइ छ । कांग्रेस नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएको काठमाडौं १ मा स्वतन्त्र उम्मेदवार पुकार बमले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएका खरेलले काठमाडौं १ लाई नै रोजेका हुन् ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट उठेका साझा पार्टीका रवीन्द्र मिश्रले सिंहलाई कडा टक्कर दिएका दिए । साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका मिश्रले भने चुनावमा उठ्ने नउठ्ने बोलेका छैनन् ।

प्रतिनिधि सभाको चुनाव घोषणा नहुँदै काठमाडौंमा स्वतन्त्रहरूले उम्मेदवारी घोषणा तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!