हिपमत डटकम

आइतबार, जेठ २९, २०७९ || 1255  पटक पढिएको

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीमा शौचालयमा लडेकी ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शनिवार राति शौचालयमा लडेर गम्भिर घाइते भएकी सुशीला खड्काको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

 

रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएकी खड्का बौद्ध उत्तरबाहिनि स्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरो बनाएर बस्दै आएकी थिइन् । उनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!