काठमाडौं, २७ जेठ। सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!