हिपमत डटकम

बिहिबार, जेठ २६, २०७९ || 2610  पटक पढिएको

ईलाम जिल्लाको देउमाई नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय शम्भु लिम्बु र माई नगरपालिका-८ महमाई बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरू ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीलाई देख्नासाथ भागेपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई पक्राउ गरेको हो । साथै को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी मकवानपुर जिल्लाको अवैध लागूऔषध करिब १ ग्राम खैरो हेटोईन सहित पर्सा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सिसिटिभि फुटेजको आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी झापा जिल्लाको बिर्तामोड नगरपालिका-५ बस्ने ४८ वर्षीय डिजेन राजबंशीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम, १ थान डिजिटल तराजु र नगद २ लाख ८४ हजार ७ सय ५० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, तराजु र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै उनीउपर गरिएको सोधपुछ तथा अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा पाँचथर फिदिम नगरपालिका-७ बस्ने २२ वर्षीय सुजन गुरुङको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!