राम प्रेम यादब

बुधबार, जेठ २५, २०७९ || 12579  पटक पढिएको
वडा अध्यक्ष बिनोद कुमार यादव पढाउँदै

बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष बिनोद कुमार यादवले बिहानको समयमा कक्षा ११ र १२ को अङग्रेजी कक्षा लिन थालेका छन्।

अङग्रेजीमा स्नातकोत्तर गरेका यादव श्री जनता माध्यमीक विद्यालय (प्रा.धा.) बरियारपट्टीमा कक्षा लिन थालेका छन् । बिना कुनै पारिश्रमिक नलिई म  बिहानको समयमा कक्षा लिईने यादवले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा चुनिएका यादव वडा भित्र रहेका स्कुलहरुको शिक्ष गुणस्तरीय बनाउनको लागि आफै कक्षा लिन थालेका हुन । यादवका अनुसार म आफै स्कुलमा गएर कक्षा लिन थालेपछि सबै शिक्षकहरु पनि समयमा आएर कक्षा लिने र आफ्नो दायित्व पुरा गर्ने बताए । त्यसैगरी वडा भित्र रहेका सबै स्कुलका शिक्षकहरुलाई समयमा आएर बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्ष प्रदान गर्न निर्देशन समेत दिएका छन् ।

वडा अध्यक्षमा चुनिए संगै यादव सबै भन्दा पहिला वडा भित्रका शिक्षा, स्वास्थ र कृषीमा सक्रियता देखाएका छन् । वडा अध्यक्षमा चुनिएको भोलि पल्टै यादव ईलाका स्वास्थ चैकी बरियारपट्टीमा गएर चैकीको अवस्था बुझेका थिए भने वडा भित्रका कृषी लाइन र किसानहरुको सिचाई बारे बुझेका थिए ।

यादव वडा अध्यक्षमा चुनिनु भन्दा पहिला शिक्षा पेशामा नै थिए । श्री जनता माध्यमीक विद्यालय (प्रा.धा.) बरियारपट्टी-३ मा अङग्रेजी शिक्षकको रुपमा कार्यरत थिए । गत चुनावमा वडा अध्यक्षमा भिड्नको लागि शिक्षकबाट राजिनामा दिएका थिए ।

श्री ज.मा.वि (प्रा.धा.) बरियारपट्टीका शिक्षक टिम

श्री ज.मा.वि (प्रा.धा.) बरियारपट्टीका शिक्षक टिम

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!