हिपमत डटकम

मंगलबार, जेठ २४, २०७९ || 5901  पटक पढिएको

काठमाडौं, २४ जेठ। चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!