हिपमत डटकम

मंगलबार, पौष ०८, २०८२ || 718  पटक पढिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति लामो भेटवार्ता भएको छ।कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा करिब पाँच घण्टासम्म चलेको छलफलले रवि–बालेनबीच सहकार्यको संकेत दिएको छ। वार्ता सम्पन्न भएपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा बाहिरिएका थिए।

सोमबार साँझ ८ बजेदेखि सुरु भएको छलफल मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो। रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन शाहको तर्फबाट स्वयं मेयर शाह र वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए।

भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा विचार–विमर्श भएको बताइएको छ। यद्यपि कुनै औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षबाट सकारात्मक सन्देश आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!