हिपमत डटकम

मंगलबार, जेठ २४, २०७९ || 732  पटक पढिएको

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले सुत्केरी महिलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

नगर अस्पतालको सुत्केरी केन्द्रसम्म आउन र घर जानका लागि नगरका सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यबस्थापन गरिने निर्णय गरेको हो । नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको बैठकले कार्यबिधि तयार गरि आर्थिक रूपले अति बिपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको पनि निर्णय गरेको छ ।

हालसम्मको १२९ र चालू आर्थिक बर्षको १२ औं सो बैठकले कार्यबिधि तयार गरि अति बिपन्न परिवारका लागि मृत्यु राहत कोष खडा गरिने समेत निर्णय गरेको नगर प्रमुख तुम्बापोले जानकारी गराएका थिए ।

साथै, बैठकले नगर उपप्रमुखको संयोजकत्व रहने स्थानीय राजस्व परामर्श समिति गठन गर्दै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा पनि छ्लफल उठान गरेको छ ।

बैठक अघि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेद्प्रसाद गौतमले बढदो लागू औषध दुर्ब्यसनी रोकथामको उपायका बारेमा धारणा राखे । सब डिभिजन बन कार्यालय पथरी प्रमुख सुरेन्द्र कार्कीले बन संरक्षण र त्यस्को दिगो ब्यबस्थापनका कानूनी प्रावधान र स्थानीय निकायको भूमिका सहितका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!