हिपमत डटकम

सोमबार, जेठ २३, २०७९ || 1593  पटक पढिएको

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ ।

सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार कुल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयरमूल्य १९३२.८० रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९६ प्रतिशतले बढेर १८५.४० रुपैयाँ पुग्यो । नारायणी विकास बैंक,मिथिला लघुवित्त वित्तीय संस्था, समृद्धि इक्विटी फण्डसहितका कम्पनीको मूल्य बढेको छ ।

हिमालयन बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लेबलमा कारोबार भयो । यस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ३८५.९० रुपैयाँमा झरेको छ । माहुली लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्तसहितका कम्पनीको मूल्य भने धेरैले घटेको छ । सोमबार एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!